यस्तो छ ‘लप्पन छप्पन २’ को टिजर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ ‘लप्पन छप्पन २’ को टिजर (भिडियो)


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा एक्सन र सस्पेन्स देख्न सकिन्छ ।

यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । फिल्मले चर्चा कमाए पनि बक्स अफिसमा आशा गरिएअनुरुप व्यापार गर्न सकेको थिएन ।

‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, सरिता गिरी लगायतका कलाकारको शीर्ष भूमिका छ । फिल्मको कथा पैसाकै वरिपरि घुमेको टिजरबाट प्रष्ट हुन्छ ।

‘छप्पन छप्पन’ मा शीर्ष भूमिका निभाएका वर्षा शिवाकोटी, दयाहाङ राई लगायत फिल्ममा छैनन् । यसैको सिक्वेलका रुपमा तयार भएको ‘छप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । यो फिल्मलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुवँर, निर्मल कुमार मिश्र, सुदीप चन्द्र बक्रेल र सन्तोष चन्द्र बख्रेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ५ : २६ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश