यस्तो छ ‘लप्पन छप्पन २’ को टिजर (भिडियो) « Khabarhub

यस्तो छ ‘लप्पन छप्पन २’ को टिजर (भिडियो)


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा एक्सन र सस्पेन्स देख्न सकिन्छ ।

यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो । फिल्मले चर्चा कमाए पनि बक्स अफिसमा आशा गरिएअनुरुप व्यापार गर्न सकेको थिएन ।

‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, सरिता गिरी लगायतका कलाकारको शीर्ष भूमिका छ । फिल्मको कथा पैसाकै वरिपरि घुमेको टिजरबाट प्रष्ट हुन्छ ।

‘छप्पन छप्पन’ मा शीर्ष भूमिका निभाएका वर्षा शिवाकोटी, दयाहाङ राई लगायत फिल्ममा छैनन् । यसैको सिक्वेलका रुपमा तयार भएको ‘छप्पन छप्पन २’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । यो फिल्मलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुवँर, निर्मल कुमार मिश्र, सुदीप चन्द्र बक्रेल र सन्तोष चन्द्र बख्रेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ५ : २६ बजे

समानुपातिक मतगणना जारी : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २७ गते बुधबार चैत

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर