‘देशको समृद्धिका लागि सुशासन आवश्यक’ « Khabarhub

‘देशको समृद्धिका लागि सुशासन आवश्यक’


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले समृद्ध नेपाल निर्माणका लागि सुशासन आवश्यक रहेको बताएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंले आयोजना गरेको शान्ति सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया पोखरेलले सुशासन, समृद्धि र दिगो शान्तिको सबैको भूमिका आवश्यक रहेको बताए ।

सबैले सरकारको भूमिकामात्र नखोजी मैले के दिन सक्छु भन्ने सोच विकास गर्न आवश्यक रहेको उनले बताए । देशको शान्ति सुरक्षा कायम गर्न आफूहरु जिम्मेवार रहेको भन्दै उनले यसमा सबैको सहयोग चाहिने बताए ।

समाजमा भएका सबै अपराध, भय, त्रास समाजकै सदस्यहरुबाट उत्पन्न भएको भन्दै उनले यसरी बाटो बिराएकाहरुलाई कानूनको दायरामा ल्याउन सचेत नागरिकको भूमिका हुने बताए ।

प्रहरीले जनतासँग मिलेर काम गर्न र समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै उनले यस प्रकारको कार्यक्रमले सबैलाई बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउने बताए ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेलले नेपाल प्रहरीले ल्याएको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ समाजमा घटिरहेका अपराधहरुको रोकथाम र नियन्त्रणमा निकै प्रभावकारी रहेको बताए ।

उदै पहिला आफू सचेत होऔं पछि समाज अनि मात्र सम्पूर्ण राष्ट्रको बिकास संभव भएकोले नेपाल प्रहरीले सुरक्षा सुदृढिकरणको अभियानलाई अन्तरस्कन्दनले प्रशंसा र सहयोग गर्नुपर्ने समेत बताउनु भयो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : २७ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट