ट्रकको ठक्करबाट बालिकाको मृत्यु | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट बालिकाको मृत्यु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ । मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।

२२ घाइतेको उपचार हुँदै

तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएका २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ थानीमाईमा अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घिरिङ –१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको थियो प्रहरी नायब उपरीक्षक लामिछानेले घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : ०५ बजे

सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता

काठमाडौं – भारत भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री ऐनबहादुर

अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

उदयपुर – यहाँको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास

थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं – थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश

डेढ वर्षपछि भूकम्प पीडितलाई सरकारले दिन थाल्यो अनुदान

धनगढी । करीब डेढ वर्षअघि पश्चिम नेपालमा भूकम्पले ठूलो क्षति