दाङ पुगेकी नेकपा नेतृ चौधरी बेहोस « Khabarhub

दाङ पुगेकी नेकपा नेतृ चौधरी बेहोस


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन् । दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि अस्पताल भर्ना गरिएकाे छ ।

उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएकी चाैधरी अहिले भने होशमा आएकी स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

बिहान करीब १० बजेतिर बेहोश भएकी चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होश खुलेको हो । चिकित्सकले उनको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीय सचिव दहितले बताए । चौधरीकाे अहिले प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको चिकित्कले जनाएका छन् ।  चौधरी यसअघि पनि संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा बेहोश भएकी थिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ३ : २८ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो