जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वखर नगरपालिका धर्मस्थली सानोवाईपास बस्ने दोलखा भिमेश्विर नगरपालिका-१ घर भएका ४३ वर्षीय रञ्जित थामीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई ललाई फकाई आफ्नो डेराकोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले थामीलाई पक्राउ गरेको हो ।

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे मण्डनदेउपुर नगरपालिका-६ गौरीशंकर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने २६ वर्षीय रुपक श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले रुपकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : ४५ बजे

संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र

अश्विनले आईपीएलबाट लिए सन्यास, ५ टिममा २२१ खेलबाट लिए १८७ विकेट

नयाँदिल्ली- भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल)

रास्वपा सांसदले बुझाइन् ‘भिजिट भिसा प्रकरण’मा संलग्न र आरोपित आफ्नै पार्टीका नेताविरुद्धको प्रतिवेदन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले ‘भिजिट

कृषि विकास बैंकको अध्यक्षमा पौडेल 

काठमाडौं– कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड