दमकल जान नसक्ने गल्लीमा हुने आगलागी नियन्त्रणका लागि पाइप लाइनको परीक्षण | Khabarhub Khabarhub

दमकल जान नसक्ने गल्लीमा हुने आगलागी नियन्त्रणका लागि पाइप लाइनको परीक्षण


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरिएको छ ।

कामपाले आज वडा नं २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको हो ।

उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमको रु पाँच लाख वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट रु दुई लाख सङ्घसंस्था र उपभोक्ताको रु दुई लाख ४० हजार ६१२ गरी कूल रु नौ लाख ४० हजार ६१२ लगानीमा मांसगल्ली उपभोक्ता समितिले पाइप जडान गरेको हो ।

परीक्षणको शुरुआत कामपाका प्रमुख विद्या शुन्दर शाक्यले गरेका हुन् । परीक्षणपछि प्रमुख शाक्यले विपद् क्षति न्यूनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम रहेको बताए ।

उनले भने “हरेक नगरसभामा यसका बारेमा गहन छालफल गर्छौँ र आवश्यक नीति बनाउने गरेका छौँ ।” दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीतिअन्तर्गत काम पनि उनले जानकारी गराए । ।

शाक्यले भने “हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पुर्‍याएका छौँ ।” अब केही दमकल खरिद गर्दैछौँ भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेको पनि उनले बताए ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ८ : २२ बजे

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौं – वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

म्याग्दी – म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

काठमाडौं– प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको