३ नम्बर प्रदेश सरकारका लेखा अधिकृत २२ हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

३ नम्बर प्रदेश सरकारका लेखा अधिकृत २२ हजार घुससहित पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ नम्बर प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय (ललितपुर)का लेखा अधिकृत विष्णुहरी पुडासैनी घुस रकमसहित पक्राउ परेका छन् ।

सडक निर्माणको कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की रकम भुक्तानीका लागि ठेकेदारसँग लिएको २२ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पुडासैनी पक्राउ परेका हुन् ।

लेखा अधिकृत पुडासैनीलाई घुस रकम लिइसकेको अवस्थामा ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घुससहित पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ४६ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध