मदिरा सेवन गरेर टिप्पर चलाउने चालकले प्रहरीलाई १ हजार घुस दिन खोज्दा… « Khabarhub

मदिरा सेवन गरेर टिप्पर चलाउने चालकले प्रहरीलाई १ हजार घुस दिन खोज्दा…


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरी टिप्पर चलाउने एकजना चालक पक्राउ परेका छन् ।

मापसे गरी टिप्पर चलाएको देखिएपछि कारबाही गर्ने क्रममा प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने टिप्पर चालक प्रेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घर्तीले शनिबार साँझ मदिरा सेवन गरी ना ८ ख ४३३७ नम्बरको टिप्पर चलाएका थिए ।

भक्तपुरको सूर्यविनायक–९ नलिनचोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच पछि कारबाही गर्न खोज्दा उनले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रहरीले टिप्पर चालक घर्तीले घुस दिन खोजेको १ हजार रुपैयाँसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरमै मदिरा सेवन गरी मोटरसाइकल चलाउने अर्का चालक पनि पक्राउ परेका छन् ।

मदिरा सेवन गरी बा ३७ प १२०६ नम्बरको मोटरसाइकल चलाइरहेका भारत घर भइ भक्तपुरको बोडे बस्ने २६ वर्षीय मोहम्मद दिल्दारमियालाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी चेकिङका क्रममा प्रहरीले कारबाही गर्न खोजेपछि हिल्दारमियाले १ हजार रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ५४ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि