शालीनदी मेलालाई लक्षित गर्दै चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने काममा तीव्रता « Khabarhub

शालीनदी मेलालाई लक्षित गर्दै चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने काममा तीव्रता


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शालीनदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ ।

मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

स्थानीयवासीको अवरोधका कारण ठेकेदारले काम गर्न नपाएको थली र सलम्बुटारमा तत्काल सडक कालोपत्र गर्न नसकिए पनि ग्राभेल गर्न आयोजनाले भनेको छ । उनले भने “ठेकेदारले अवरोध गरिरहँदा किन कालोपत्र गर्ने भने पनि हामीले ठेकेदारलाई सम्झाएर कालोपत्र गर्न भनिरहेका छौँ ।”

चारवर्ष पहिले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । झण्डै १० किमी सडकमध्ये पाँच किमी कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्र गर्न बाँकी सडकमध्ये पनि झण्डै डेढ किमी सडकमा समस्या रहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने “पूरै सडक केही दिनभित्रै खाल्डारहित हुनेछ ।”

चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डानुसार सडक चौडा भइरहेको छ । चौडाइ मापदण्डानुसार कायम भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग, वर्षाको पानी जम्मा हुने ढललगायतका पूर्वाधारको निर्माण भइरहेको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गतवर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयकै आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डानुसार सडक निर्माण हुन नसकेको हो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ०५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी