चार महिना यताकै उच्चतम विन्दूमा नेप्से | Khabarhub Khabarhub

चार महिना यताकै उच्चतम विन्दूमा नेप्से


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साताको पहिलो दिन शेयर बजारमा उकालो लागेको छ ।

बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो । त्यस्तै, परिसूचकसँगै शेयर कारोबारमा पनि उच्च वृद्धि भएको छ ।

आइतबार मात्रै एक अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बजारमा कूल १७९ कम्पनीको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका मध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै, गा्रमीण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँ भन्दा बढीको शेयर बिक्री भएका छन् । बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै आइतबारको बजारमा उछाल आएको हो ।

सो दिन जीवन बीमा र निर्जीवन बीमा समूह त्रिपल डिजिट अर्थात उच्च अंकले बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०९.२७ र निर्जीवन बीमा समूह ३८४.२१ अंकले उकालो लागेका छन् ।

बजारमा कारोबारमा आएका सबै सूचक हरिया देखिएका छन् । जसमध्ये म्युचअल फण्ड समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले उकालो लागेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : २१ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज