प्रधान सेनापति थापा सेनाको विमान चढेर बंगलादेश प्रस्थान | Khabarhub Khabarhub

प्रधान सेनापति थापा सेनाको विमान चढेर बंगलादेश प्रस्थान


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति (महारथी) पूर्णचन्द्र थापा औपचारिक भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका छन् ।

प्रधान सेनापति थापा नेपाली सेनाको एम–२८ (स्काईट्रक) विमानमार्फत आइतबार बंगलादेश प्रस्थान गरेका हुन् ।

बंगलादेश प्रस्थान गरेका प्रधान सेनापति थापालाई नेपाली सेनाक बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको निमन्त्रणमा प्रधान सेनापति थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेश प्रस्थान गरेका थापा माघ १ गते स्वदेश फर्किनेछन् ।

प्रधान सेनापति थापाले बंगलादेश भ्रमणका क्रममा विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय अधिकारीसँग भेटवार्ता तथा ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३४ बजे

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी – सोमालियाको राजधानी मोगादिशुमा बुधबार बिहान भएको एक हेलिकोप्टर

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं – भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।