अन्ततः नेपालीसँग माफी माग्दै भारतीय सांसदले गरिन आफ्नो ट्विट डिलिट « Khabarhub

अन्ततः नेपालीसँग माफी माग्दै भारतीय सांसदले गरिन आफ्नो ट्विट डिलिट


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीकी विधायिका अल्का लाम्बाले नेपालीसँग माफी माग्दै आफ्नो ट्विट डिलिट गरेकी छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेर नेपालीलाई ‘चौकीदार’ भनेकी थिइन् ।

उनले ट्विटमा भनेकी थिइन्,

प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, ‘चौकीदार’ त नेपालबाट पनि मगाउन सकिन्छ, नेपालका चौकीदार ‘चोर’ हुँदैनन् ।

सन् २०१४ को लोकसभा निर्वाचन पछि भारतीय जनता पार्टीबाट भारतीय प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीले आफूलाई देशको ‘चौकीदार’का रुपमा अथ्र्याउने गरेका थिए ।

विपक्षीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका गलत कामको प्रसंग उठाउँदै उनलाई ‘चौकीदारले नै चोरी गरेको’ भनेर आरोप लगाउने गर्छन् ।

आफ्नो देशका प्रधानमन्त्रीलाई गलत देखाउन नेपालीलाई ‘चौकीदार’को रुपमा अथ्र्याउँदा नेपालीहरुले लाम्बाको आलोचना गरेका थिए । सामाजिक सञ्चाल ट्विटरमा चर्को आलोचना भएपछि अन्नतः उनले माफी माग्नु परेको हो ।

लाम्बाले आफ्ना पुराना ट्विट डिलिट गरेको जानकारी दिँदै भनेकी छन्,

मेरो ट्विटका कारण नेपालीलाई दुःख लागेको थाहा पाएँ, यसका लागि म आफ्नो छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु, कसैको पनि चित्त दुखाउने मेरो मनसाय थिएन ।

तपाईंको भावनालाई ध्यानमा राख्दै ट्विट हटाइदिएकी छु ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : १७ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,