जसले बालबच्चाको पेट पाल्न कपाल मुण्डन गरी १५० रुपैयाँमा बेचिन ! | Khabarhub Khabarhub

जसले बालबच्चाको पेट पाल्न कपाल मुण्डन गरी १५० रुपैयाँमा बेचिन !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छोरा-छोरीको माया सबैभन्दा बढी आमालाई नै हुन्छ । आफ्ना छोरा छोरीको खुशीका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुन्छिन्–आमा ।

बालबच्चको भोको पेट देख्न नसकेर एक आमाले आफ्नो कपाल मुण्डन गरी १ सय ५० रुपैयाँमा बेचेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना भारतको हो । तमिलनाडुकी एक विधवा महिलाले आफ्ना बालबच्चको पेट भर्नका लागि कपाल मुण्डन गरी बेचेकी हुन् । उनले आफ्नो कपाल बेचर आएको पैसाले भोकाएका बालबच्चालाई खाना खुवाएकी हुन् । उनले दैनिक समस्यासँग गुज्रिनुभन्दा प्राण त्याग्ने मनसाय पनि नबनाएकी होइनन्, तर बालबच्चाको मायाले यसो गर्न सकिनन् ।

तमिलनाडुको समेममा बस्दै आएकी ३१ वर्षीया प्रेमा नाम गरेकी ती महिलाका तीन सन्तान छन् । एउटा पाँच वर्ष, अरु ३ र २ वर्षका छन् । उनका पतिको भने सात महिना पहिले मृत्यु भएको थियो । ऋणको बोझ उठाउन नसकेपछि उनका पतिले आत्महत्या गरेका थिए ।

उनले बालबच्चाको पेट पाल्नका लागि छिमेकीहरुसँग ऋण पनि खोजेकी थिइन् । तर, कसैले ऋण नदिए पछि अन्नतः आफ्नै कपाल बेच्न बाध्य भएको जनाइएको छ ।

एक दिन त कपाल बेचरे बच्चालाई खाना खुवाइन तर भोलि फेरि के गर्ने भन्ने पिरलोले उनले आत्महत्या गर्ने निधो गरेकी थिइन । जसका लागि उनी विष किन्न पसलमा समेत पुगिन तर, पसलेले शंका लागेपछि उनलाई दिएनन् ।

खबर बाहिरिएपछि एक ग्राफिक डिजाइनरले उनको मद्दतका लागि सार्वजनिक अपिल गरेका थिए । जसबाट १ लाख ४५ हजार फण्ड जम्मा भएको थियो । उक्त रकम ती महिलाई प्रदान गरिएको छ । यसका साथै सलेम जिल्ला प्रशासनले समेत विधवा भत्ता पनि ती महिलाई प्रदान गरेको जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ०९ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले