ऐन विपरित सुर्तीजन्य पदार्थ लिलाम गर्दै विमानस्थल भन्सार कार्यालय « Khabarhub

ऐन विपरित सुर्तीजन्य पदार्थ लिलाम गर्दै विमानस्थल भन्सार कार्यालय


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ऐन विपरित सुर्तिजन्य पदार्थ लिलाम गर्न लागेको पाइएको छ ।

भन्सार कार्यलयले ‘सुर्तिजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ को नियम विपतित सुर्तिजन्य पदार्थको लिलाम विक्रीको सूचना सार्वजनिक गरेको हो ।

त्रिभुवन विभानस्थल भन्सार कार्यलयले आज (सोमबार) सार्वजनिक सूचना जारी गर्दै सुर्तिजन्य पदार्थ सिलवन्दी दरभाउपत्रको माध्यमबाट लिलाम विक्री गर्न लागेको जनाएको छ ।

भन्सार कार्यालयले विमानस्थलबाट जफत गरिएका ७ हजार ५ सय ८५ केजी सुर्तिजन्य पदार्थ ४४ लाख ३७ हजार २ सय २५ रुपैयाँमा सिलवन्दी दरभाउपत्र आह्वान गरेको छ ।

तर, भन्सार कार्यालयले जारी गरेकाे यो सूचना ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन’ विपरित रहेको पाइएको छ ।

सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा २१ मा जफत गरेको सुर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने उल्लेख छ । सो ऐनको दफा २१ को उपदाफा १ मा भनिएको छ, ‘मुद्धा हेर्न अधिकारीले यस ऐन बमोजिम जफल गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्नेछ ।’

यस्तै सोही दफको उपदफा २ मा ‘मुद्धा हेर्ने अधिकारीले उपदफा १ बमोजिम सूर्तिजन्य पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नुपर्ने’ उल्लेख छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा भएको व्यवस्था

तर भन्सार विभागले भने सो ऐनलाई वेवास्ता गर्दै जफत गरिएका सूर्तीजन्य पदार्थको लिलाम विक्रीको सूचना जारी गरेको हो ।

लिलामका लागि प्रस्ताव राख्ने कम्पनीले कबुल गरेको रकमको १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंकमा भन्सार कोषको खातामा दाखिला गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ ।

यस्तो छ भन्सार कार्यालयको सूचना

 

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : ४८ बजे

ओलीलाई हराएका बालेन्द्रले लिए प्रमाणपत्र

काठमाडौं- नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी– रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख- दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट

प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो

काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा