उद्योगको नियमित अनुगमन र निरीक्षण आवश्यक « Khabarhub

उद्योगको नियमित अनुगमन र निरीक्षण आवश्यक


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साना उद्योगलाई मजबुत पार्न नियमित अनुगमन तथा निरीक्षण गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार आयोजना गरेको ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ बारे छलफल कार्यक्रममा सहभागीहरुले साना उद्योगलाई मजबुत बनाउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले स्वदेशी उद्योगमा हुन गएको हानी नोक्सानी रोक्नका लागि ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ल्याइएको जानकारी गराए।

मुलुकको औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन पनि यस ऐन ल्याइएको उनले बताए ।

कार्यक्रममा सहसचिव महेश आचार्यले यस ऐनले सञ्चालनमा रहेका साना उद्योगलाई ठूलो सहयोग पुग्ने जानकारी गराए ।
अधिवक्ता दीपक घिमिरेले धेरै अघि नै आउनुपर्ने भएकाले ऐनको प्रचारप्रसार गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : १४ बजे

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी