‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’... सिको गर्दै गाउँपालिका बैठक | Khabarhub Khabarhub

‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’… सिको गर्दै गाउँपालिका बैठक


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिङ – सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ ।

सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठे । यसपछि बैठक प्रारम्भ भयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिइन् ।

विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाए । विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव राखे ।

अध्यक्ष गुरुङले भनिन्, विधेयकलाई निर्णयर्थ प्रस्तुत गर्दै विधेयक पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, विधेयकको विपक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस् भने सदस्यले हात उठाएर हुन्छ ।

सबैले हात उठाएर सहमति जनाएपछि गाउँसभाध्यक्ष गुरुङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गरे । सबै सदस्यले ताली बजाइ विधेयक पारित गरे ।

यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो । ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो ।

गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलोपटक भएको बताइन्छ ।

प्रस्तुत विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो । प्रस्तुत विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले जवाफ दिएका थिए । कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधनसमेत गरेका थिए ।

प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन् । प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल शुरु भएको छ ।

झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरुङले स्थगित गरे । उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए । गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो ।

चेपाङ जनप्रतिनिधिको सक्रियता सहभागिता

झण्डै तीन घण्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिको सक्रियता प्रशंसनीय थियो । वडासदस्य तथा गाउँसभा सदस्य खिरबहादुर चेपाङले सबैभन्दा बढी विधेयकमा आफ्नो भनाइ राख्न हात उठाए ।

उहाँले तीन वटा विधेयकमा आफ्नो सुझाव र केही विमति राखे । यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखे । यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ११ : ०९ बजे

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन

नयाँदिल्ली– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको

सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग

आईपीएल : २३३ रनको लक्ष्य पछ्याउँदै आरसीबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा