पहिलो गीत गाउन पाउँदा आकाशमा उडेजस्तो महसुस गरें: सनिस | Khabarhub Khabarhub

पहिलो गीत गाउन पाउँदा आकाशमा उडेजस्तो महसुस गरें: सनिस


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द भ्वाइस अफ नेपाल २ का प्रतिस्पर्धी सनिस श्रेष्ठले पहिलो कोशेलीस्वरूप फिल्म ‘म यस्तो गीत गाउँछु २’ को गीत गाए । यो गीत गाउन पाउँदा  आफूलाई धेरै खुशी लागेको सनिसले बताएका छन् ।

उनले यो गीतको अफर आउँदा आफू आकाशमा उडेको महसुस गरेको प्रतिक्रिया दिए ।

मंगलवार एक कार्यक्रमका सिलसिलामा राजधानीमा भेटिएका सनिसले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै फिल्ममा गीत गाउन पाउँदा ठूलो मौका भएको प्रतिक्रिया दिए ।

‘मलाई संगीतकार अर्जुन पोखरेलले फोन गरेर गीतको अफर गर्नुभयो,’ सनिसले भने, ‘यो गीत गाउँदा मलाई भाग्यमानी फिल ठानेको छु ।’

सनिसले फिल्ममा समावेश ‘दुःखको काँडा’ बोलको गीतमा स्वर दिएका थिए । यो गीत युट्युबमा रिलिज भएको राम्रो प्रतिक्रिया पाएको छ ।

सुगम संगीतमा आधारित यो गीतमा अर्जुन पोखरेलको संगीत र देवल भण्डारीको शब्द सुन्न सकिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहनेछ ।

फ्यानले सनिसको यो गीत मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ५ : ०७ बजे

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान