‘समृद्ध नेपाल सुखी नेपाली’अभियानमा सघाउन चेम्बरलाई आग्रह « Khabarhub

‘समृद्ध नेपाल सुखी नेपाली’अभियानमा सघाउन चेम्बरलाई आग्रह


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को सपना साकार पार्नका लागि वर्तमान सरकारको प्रयासमा साथ दिन नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई आग्रह गरेकी छिन् ।

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले उनले शक्ति र क्षमतामा आधारित अर्थतन्त्रको बिकासमा जोडदिनुपर्ने बताएकी हुन् ।

उनले स्वाधिन अर्थतन्त्र निर्माणको दिशातर्फ उन्मुख हुन सरकारको प्रयासलाई सघाउन आग्रह गरिन् ।

६९ औ वार्षिक साधारण सभा, चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला तथा नगरबाट आएका भएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका व्यावसायिक क्षेत्रका विविध पक्षहरुवारे राष्ट्रपति समक्ष चर्चा गरेका थिए ।

उनले नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्न जिल्ला स्तर तथा नगर स्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे समेत जानकारी गराएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ११ : २१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना