घ्यू, चाकु, तरुल खानुको धार्मिकसँगै यो हो वैज्ञानिक कारण « Khabarhub

घ्यू, चाकु, तरुल खानुको धार्मिकसँगै यो हो वैज्ञानिक कारण


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज माघ महिनाको पहिलो दिन अर्थात माघेसंक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । माघे संक्रान्तिमा यी परिकार तथा कन्दमूल खानुको धार्मिक सँगै वैज्ञानिक कारण समेत रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

त्यस्तै आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ८ : ३७ बजे

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार