माघीमा खिचडी खानुका यस्ता छन् फाइदा  « Khabarhub

माघीमा खिचडी खानुका यस्ता छन् फाइदा 


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउँदैछन् । थारु समुदायले माघीका अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ ।

विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ ।

तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । यस्ता छन् खिचडी खानुका फाइदा

पोषक तत्वले भरपूर पाइने

खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस पाइन्छ। यदि चाहनुभयो भने आवश्यकताअनुसार अन्य तरकारीहरु पनि मिसाएर यसलाई थप पोषिलो बनाउन सक्नुहुन्छ।

पचाउन सजिलो

खिचडीमा तेज मसलाको प्रयोग हुँदैन, जसका कारण यो पचाउन निकै सहज हुन्छ। त्यसैले हो बिमारी हुँदा खिचडी खान चिकित्सकहरुले सुझाव दिने गरेको। यदि तपाईंको पाचनतन्त्र कमजोर छ भने खिचडी खानु निकै फाइदाजनक हुन्छ।

प्रतिरक्षा प्रणाली मजबुत बनाउन

खिचडीको सेवनले मानिसलाई बिरामी हुनबाट बचाउँछ। शरीरलाई उर्जा प्रदान गर्छ। साथै यसले रोगप्रतिरोधी क्षमता पनि मजबुत बनाउन सहयोग गर्छ। पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक मानिन्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २२ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै