योगाभ्यासले नियन्त्रण गर्छ डिप्रेसन र तनाव « Khabarhub

योगाभ्यासले नियन्त्रण गर्छ डिप्रेसन र तनाव


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठनले सन् २०१३ मा ७ वर्ष पछि विश्वभर डिप्रेसनको रोग भयावह हुने अनुमान गरेको थियाे ।

विश्व स्वास्थ्य संगठनले ७ वर्षअघि गरेको सो अनुमानमा सन् २०२० सम्ममा विश्वभर नसर्ने रोगहरुमा डिप्रेसन दोस्रो नम्बरमा आउने जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर २६ करोड ४० लाख मानिस डिप्रेसनबाट पीडित छन् ।

संगठनका अनुसार डिप्रेसन रोग विश्वकै प्रमुख समस्याको रुपमा देखा परिरहेको छ ।  १५ देखि २९ वर्षका युवा युवतीको दोस्रो प्रमुख मृत्युको कारण पनि मानसिक रोग नै भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले डिप्रेसन दोस्रो ठूलो रोग हुने भनेर गरेको सो अनुमान मिल्न सक्ने मानसिक रोग विशेषज्ञहरु बताउँछन् । त्रिवि शिक्षण अस्पतालमा मानसिक रोग विशेषज्ञ डा सरोज वझाका अनुसार एन्जाइटी र डिप्रेसनका समस्या लिएर उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ ।

वंशाणुगत, सामाजिक तथा मनोवैज्ञानिक कारणले हुने डिप्रेसनले मानिसहरु पीडित भएको उनले सुनाए । डा वझाका अनुसार सामान्य अवस्थामा मानिमा शरीरभित्र प्यारासिम्प्याथेटिक लक्षण हुन्छ ।

यस्तै डिप्रेसन तथा एन्जाइटी हुँदा शरीरभित्र एक किसिमको सिम्प्याथेटिक लक्षण देखिन्छ । यस्तो अवस्थामा मानिसहरु डराउने, आत्तिने, मुटुको चाल बढ्ने, छिटो छिटो श्वासप्रश्वस हुने, निद्रा नलाग्ने तथा भोक नलाग्ने समस्या देखिन्छ । यस्तो कारणले मानिसले आफ्नै दैनिक कार्य समेत गर्न नसक्ने अवस्थामा पुग्छन् । उनीहरुमा यौन चाहना कम हुने, दिमाग कमजोर हुने लक्षणहरु पनि देखिन्छन् ।

यस्तो अवस्थामा आएका बिरामीलाई एलोपेथिक चिकित्सकहरुले रोगको लक्षण र कारणको आधारमा काउन्सिलिङ र औषधि उपचार गर्ने गर्छन् ।

एलोपेथिक चिकित्सकहरुले डिप्रेसन तथा एन्जाइटीका बिरामीलाई परामर्श र औषधि सिफारिस गर्ने गर्छन् । डिप्रेसन तथा एन्जाइटीका विरामीलाई औषधि उपचारसँगै योगअभ्यासको पनि आवश्यकता रहेको डा  वझा  बताउँछन् ।

‘डिप्रेसन एन्जाइटीका बिरामीलाई लक्षण र कारणको आधारमा औषधि उपचार गर्ने पक्ष छ, तर औषधि उपचारसँगै उनीहरुलाई योगाभ्यास पनि आवश्यक छ,’ डा वझाले भने, ‘डिप्रेसन, एन्जाइटी, तनाव कम गर्नलाई योगाभ्यास आवश्यक छ ।’

डा वझाका अनुसार योगाभ्यासले मानिसको दिमाग र शरीरलाई एक बनाउँछ । योगाभ्यासमा गरिने व्यायाम, श्वासप्रश्वास नियन्त्रण र ध्यानले शरीरमा हुने सिम्प्याथेटिक अवस्थालाई प्यारासिप्याथेटिक अवस्थामा रुपमान्तरण गर्ने डा वझाको तर्क छ ।

‘योगाभ्यासमा लामो श्वास लिने र छाड्ने गर्दा शीरमा प्यारासिप्याथेटिक अवस्था सिर्जना गरेर दिमागमा सकारात्मक हर्मोन उत्पादन गर्छ, जसले गर्दा छिटो श्वासश्वासको समस्यालाई कम गर्छ, उच्च रक्तचाप नियन्त्रण गर्छ, मुटुको चाल नियमित गराउँछ, भोग जाग्छ, निद्रा लाग्छ, दिमाग स्थित बनाउने शक्ति बढ्छ,’ डा वझा भन्छन्, ‘त्यसैले विभिन्न कारणले हुने रोगको कारण अनुसार उपचार गर्नुपर्छ, तर तनावमा हुने मानिसलाई योगाभ्यासले निकै फाइदा पुर्‍याउँछ, तनाव कम गरी एन्जाइटी र डिप्रेसनको लक्षण नै कम गराउँछ ।’

कुनैपनि कुराले तनाव महसुस भएमा आफूले पनि योगाभ्यास गर्ने गरेको डा वझाले बताए ।

‘मैले आफूले गरेको अनुभव भन्छु, मलाई योगाभ्यासको सबै विधिहरु त पुरा गर्दिन तर तनाव भयो भने, योगाभ्यासको केही विधिहरु अपनाउछु, जस्तो लामो श्वास लिने, ध्यान गर्ने म आफैले गर्छु,’ उनले भने, ‘मसँग उपचारका लागि आउने विरामीलाई पनि तपाईलाई जुन कुराले तनाव कम हुन्छ त्यो गर्नुस्, यदी योगाभ्यासले तनाव कम भएको महसुस गर्नुहुन्छ भने त्यो गर्नुस् भन्ने गरेको छु ।’

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : ५५ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष