शेयर बजारमा २० अंकको सुधार « Khabarhub

शेयर बजारमा २० अंकको सुधार


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजारमा बुधबार २०.८५ अंकको सुधार देखिएको छ। पछिल्लो समय उकालो लागेको बजार मंगलबार ७ अंकले घटेको थियो। तर बुधबार बजार फेरि बढ्न थालेको छ।

बुधबार शेयर सूचक बढेसँगै १२८४.२३ अंकमा पुगेर बन्द भएको छ। बुधबार ९० करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ७७ कम्पनीको कारोबार हुदाँ दिनभरि ३० लाख ५५ हजार कित्ता शेयर किनबेच भयो।

बुधवार होटल, उत्पादनमूलक र अन्य बाहेक सबै उपसूचक बढेका छन्। बुधबार बैकिङ समूह २७.१६ अंकले बढ्यो, भने ट्रेडिङ ६३.४७, विकास बैंक ३५.४२, जीवन बीमा ८१.०७ र माइक्रोफाइनान्स २७.२ अंकले सुधार देखियो।

कारोबार रकमको हिसाबले एनआइसी एशिया सबैभन्दा अघि रह्यो। आज बैंकको ७ करोड ४० लाखको कारोबार हुदाँ एनएमबी बैंकको शेयर ३ करोड १८ लाखको कारोबार भयो।

यस्तै, नेपाल बैंक लिमिटेड, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र एभरेष्ट बैंकको २ करोडभन्दा बढीको कारोबार भयो।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : ०९ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६