पशुपतिनाथमा पर्यटक आकर्षित गर्न संगीत सन्ध्या शुरु | Khabarhub Khabarhub

पशुपतिनाथमा पर्यटक आकर्षित गर्न संगीत सन्ध्या शुरु


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले नाद संगीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा संगीत सन्ध्या आयोजना गर्न थालेको छ ।

माघे सङ्क्रान्तिदेखि प्रत्येक महिनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न संगीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

संगीत सन्ध्यामा भजन, भक्तिसंगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ ।

संगीतसन्ध्या नाद संगीत पाठशाला परिसरमा आयोजना गरिने जनाइएको छ । संगीत सन्ध्याका माध्यमबाट नेपालको मौलिक संस्कृति यहाँ पर्यटकलाई जानकारी गराउने कोषको लक्ष्य छ ।

यसैबीच, कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वीकृति बेगर राखिएका फूललगायतका पसल हटाउने भएको छ । कोषले आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाशडाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल सात दिनभित्र हटाउन आह्वान गरेको हो ।

सात दिनभित्र नहटाए कानून बमोजिम कोषले नै हटाउन शुरु गर्ने सूचनामा उल्लेख छ । स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको जनाइएको छ ।

पञ्चदेव पछाडिका २६ पसलमात्र कोषको स्वीकृतिमा सञ्चालनमा छ । पशुपति क्षेत्रमा करीब २०० पसल टहरा बनाएर सञ्चालन गरिएकोले तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असहज हुने गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : ४८ बजे

टुटेको हो गिज्री–पाँडेको जोडी ? शब्द चोरेको गीत गाएको भन्दै खेमको आलोचना

हेडलाइन…अनुबन्ध हुँदा हाइलाइट मिस पबी प्रचार सामाग्रीमा गायब६१ लाख फन्डामा

घट्टेखोला–धम्पुस–खानीगाउँ सडक शिलान्यास

गण्डकी– कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको

थानकोटस्थित त्रिभुवन पार्कलाई आकर्षक बनाइँदै 

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप आकर्षित बनाउन

रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड

काठमाडौं – जोए रुटको १५० रनसहित थुप्रै कीर्तिमानको ओइरो लागेपछि

यी भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल