राम कार्कीको नजरमा विप्लवमाथिको प्रतिवन्ध– बारुद हालेर आगो निभाउने प्रयास « Khabarhub

राम कार्कीको नजरमा विप्लवमाथिको प्रतिवन्ध– बारुद हालेर आगो निभाउने प्रयास


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र कुमार कार्की (राम कार्की)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारी निर्णयप्रति संशय व्यक्त गरेका छन् ।

नेता कार्कीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्धलाई ‘आगोमा बारुद हाले निभाउने प्रयास’का रुपमा अर्थ्याएका छन् ।

सामाजिक सञ्चाल फेसबूकमा एक सन्देश लेख्दै कार्कीले वर्तमान सरकार र सत्तारुढ पार्टी ‘समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहिन बनाउन चुकिरहेको’ भन्दै व्यंग समेत गरेका छन् ।

कार्कीले फेसबुकमा लेखेका छन्,
सिद्दान्तमूक्त राजनीति = नो रणनीति
कार्यनीति + कार्यनीति + कार्यनीति = अवसरवाद
जे आइपर्छ त्यही गर्ने = सुविधाको राजनीति
समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहिन बनाउन चुक्दैछौं हामी ।
प्रतिबन्ध = हाम्रो आफ्नै अनुभव मनन गर्दा आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ११ : १५ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट