त्यसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा) | Khabarhub Khabarhub

त्यसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा)


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् ।

भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । समाजमा मांसाहारी बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन ।

तुलानात्मक रुपमा मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक हुन्छ । शाकाहारी भोजनका फाइदा यस्ता छन् –

१. मांसाहारी भन्दा शाकाहारी भोजन हलुका हुन्छ, जसलाई सहजै पचाउन सकिन्छ ।
२. मांसाहारी भोजनभन्दा शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ ।
३. शाकाहारी भोजनले शरीरमा स्फुर्ति पनि बढाउँछ ।
४. शाकाहारी भोजन गर्ने मानिसमा मानसिक रोगको सम्भावना कम रहन्छ ।
५. यस प्रकारको भोजनले मानव मष्तिकलाई ताजा र टाठो बनाउने गर्दछ ।
६. शाकाहारी भोजनमा पनि मांसाहारी झैँ सबै पोषण पाउन सकिन्छ ।
७. मांसाहारी भन्दा शाकाहारी भोजनले पाचन प्रर्णालीलाई नै बलियो बनाउने गर्दछ ।
८. शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ ।
९. यस प्रकारको भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग लाग्ने खतरा कम हुन्छ ।
१०. मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ ।
११. शाकाहारी भोजनले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।
१२. रक्तचाप सन्तुलित राख्न शाकाहारी भोजन उत्तम हुन्छ ।
१३. मांसाहारीको तुलनामा शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कम हुन्छ ।
१४. शाकाहारी भोजनमा मुटुरोग, कोलेस्ट्रोल लगायतका रोग हुने सम्भावना न्यून हुन्छ ।
१५. शाकाहारी भोजन गर्नेहरुमा हृदयघातको सम्भावना कम हुन्छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ०७ बजे

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

तेहरान– इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहूदी विरोधी आक्रमणको

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव