विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन : माधव नेपाल « Khabarhub

विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन : माधव नेपाल



काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउन सरकारले गरेको निर्णय पार्टीले जिम्मा नलिने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा नेता नेपालले यो निर्णय पार्टीमा छलफल नै नभई भएकाले यसको जिम्मेवारी लिन नसकिने बताए । उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सरकारको हो । यो विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन् । सरकारले गरेको यो निर्णयप्रति पार्टी जिम्मेवार छैन्। यसबाट सिर्जित परिस्थिति प्रति पार्टी जवाफदेही हुनेछैन।’

सरकारले कुनै पनि निर्णय हतारोमा गर्न नहुने भन्दै नेता नेपालले सबै समस्याको समाधानका लागि छलफल आवश्यक रहेको बताए ।

उनले देशमा शान्ति सुरक्षाको व्यवस्था गर्ने काम सरकारको रहेको भन्दै शान्ति र अमनचयन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १२ : ५२ बजे

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा