ओली–प्रचण्डबीच संवादहीनताको अन्त्य, सभामुख चयनबारे बालुवाटारमा छलफल « Khabarhub

ओली–प्रचण्डबीच संवादहीनताको अन्त्य, सभामुख चयनबारे बालुवाटारमा छलफल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनता हटेको छ ।

गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार(आज) हटेको हो ।

दुई अध्यक्षबीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।

साढे १२ बजेबाट दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाका दुई जना अध्यक्षबीच अहिले भेटवार्ता जारी रहेको छ ।
‘पार्टीका दुई अध्यक्षबीच अहिले भेटवार्ता जारी छ’ सल्लाहकार थापाले खबरहबसँग भने,‘सभामुख चयन, एमसीसी लगायतका विषयमा कुराकानी हुनेछ ।’

नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ ।

ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन् । उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ ।

नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरुले बताउँदै आएका थिए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १ : ११ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले