ससुराली गएका लामिछाने दुई छोरा र पत्नीसहित किन हाम्फाले त्रिशुलीमा ? « Khabarhub

ससुराली गएका लामिछाने दुई छोरा र पत्नीसहित किन हाम्फाले त्रिशुलीमा ?


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका थिए ।

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका मध्ये पति विनय लामिछानेको जीवितै उद्धार गरिएको छ भने उनकी पत्नी जमुना रेग्मी लामिछाने मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको थिए जसमध्ये दुई छोराको अवस्था भने अज्ञात रहेको धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।

पानी परिरहेको र त्रिशुली नदीमा पानीको बहाव बढी हुनाका साथै धमिलो पनि रहेका कारण हराइरहेका दुई जनाको खोजीमा समस्या भएको उनको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित ससुराली पुगेर जानका लागि काठमाडौंबाट गएका थिए । उनीहरु गाडी गुड्ने पक्की पुलको सट्टा झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा रहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यापारमा ठूलो घाटा भएपछि लामिछाने परिवार तनावमा थिए । कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

सकुसल उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेको र घटनाबारे उनीसँग सोधपुछको क्रम जारी रहेको एसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ५१ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ