मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ | Khabarhub Khabarhub

मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्ने ४ जना पक्राउ


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– २ नम्बर प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका काममा उपभोक्ता समितिलाई भुक्तानी नदिएको विरोधमा आयोजित सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

उपभोक्ता संघर्ष समितिका सदस्यहरुले प्रदेश नम्बर २ का मुख्यमन्त्री र मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयवावु यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्वीर अंकित ब्यानरमा जुत्ता प्रहार गर्न थालेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपभोक्ता संघर्ष समितिका रोशन सिंह राणा, विमलेश चौधरी, शंकर साह र रोशन ठाकुर छन् । पक्राउ परेका चारै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

२ नम्बर प्रदेश सरकारले गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसद कोषबाट उपभोक्ता समितिमार्फत ८ सय ४२ योजनाका सञ्चालन गरेको थियो । योजनाअन्तर्गत काम सम्पन्न भइसके पनि प्रदेश सरकारले ७८ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरु विरोधमा उत्रिएका हुन् ।

उपभोक्ता समितिका पदाधिकारीहरुले यसअघि प्रदेशसभा भवन घेराउका साथै भौतिक पूर्वाधार मन्त्रालयमा तालाबन्दी समेत गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : ३८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको