आइतबारसम्म हिमपात र वर्षाको सम्भावना, आज सबैभन्दा धेरै विरेन्द्रनगरपछि काठमाडौंमा वर्षा « Khabarhub

आइतबारसम्म हिमपात र वर्षाको सम्भावना, आज सबैभन्दा धेरै विरेन्द्रनगरपछि काठमाडौंमा वर्षा


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी आइतबारसम्म मुलुकका पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार साँझ छ बजे मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबारसम्म केही स्थानमा आंशिक बदली भइ वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको हो ।

नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै शुरु भएको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाले देशभर सामान्यदेखि पूर्णतया बदली भई अधिकांश स्थानहरुमा वर्षा/हिमपात भइरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)

रातिः देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का वर्षा र थोरै स्थानहरुमा मध्यम वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यतया सफादेखि आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध गरेको छ ।

महाशाखाले सवैभन्दा बढी विरेन्द्रनगर सुर्खेतमा ६० मिलिमिटर , काठमाडौं ४८ मिलिमिटर र भैरहवमा ४१.३ मिलिमिटर वर्षा भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : २९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने