अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो, ७ जना पुरिएको आशंका | Khabarhub Khabarhub

अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो, ७ जना पुरिएको आशंका


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण बेस क्याम्पको देउराली नजिकै हिम पहिरो जाँदा ७ जना पुरिएको जानकारी आएको छ ।

हिम पहिरोमा परी ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली श्रमिक गरी ७ जना पुरिएको जानकारी आएको छ । यद्यपि ७ जना पुरिएको विषयमा पुष्टि भने हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने अन्नपूर्ण गाउँपालिका वडानम्बर ११ अन्तर्गत पर्ने अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा गएको हिम पहिरोमा अहिलेसम्म १ जना व्यक्ति पुरिएको सूचना प्राप्त भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले हिम पहिरोमा पुरिएर १ जना व्यक्ति बेपत्ता भएको खबर आएको जानकारी दिए ।

‘पहिरो गएको कुरा सत्य हो । तर, त्यसमा कति व्यक्ति परे भन्ने विषयमा विभिन्न हल्ला आइरहेका छन्,’ खबरहबसँगको कुराकानीमा एसपी कार्कीले भने, ‘हामीलाई प्राप्त सूचनामा अहिलेसम्म पहिरोमा पुरिएर १ व्यक्ति बेपत्ता भएका भन्ने कुरा आएको छ ।’

एसपी कार्कीका अनुसार अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पर्ने एउटा प्रहरी चौकी छ । तर, उक्त प्रहरी चौकीबाट पहिरो गएको ठाउँमा पुग्न पैदल हिँडेर २ दिन लाग्छ ।

‘मौसम खराबीका कारण हेलिकोप्टरमार्फत पनि घटनास्थल जान सकिने अवस्था छैन,’ एसपी कार्कीले भने, ‘अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा रहेको हाम्रो चौकीबाट पैदल हिँडेर २ दिनमा मात्रै घटनास्थलमा पुग्न सकिन्छ ।’

एसपी कार्कीले अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा अलपत्र परेका ५ जना पदयात्रीको भने उद्दार गरिएको जानकारी दिए । ‘५ जना व्यक्तिको उद्दार गरी अहिले हिमालय भन्ने ठाउँमा बसोबासको व्यवस्था मिलाइएको छ,’ एसपी कार्कीले भने ।

 

 

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : १४ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो