मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल « Khabarhub

मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर तह समन्वय’ विषयक दुई दिने अन्तर्क्रिया कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि सबै नेपालीले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।”

मुख्यमन्त्री पौडेलले मुलुकमा संघीयता आएको र सोही अनुसारको संरचनाहरु बनेको भए पनि केन्द्र नै सबैथोक हो भन्ने मानसिकता सबैतिर हाबी भएको उल्लेख गर्दै स्थानीय तह बनिसकेपछि पनि संघीय सरकारले विकास निर्माणका काममा आफ्नै संरचना बनाएर जिल्ला जिल्लामा काम गर्दै आएको बताए ।

केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकारबारे संविधानमा स्पष्ट व्यवस्था रहे पनि विविध कारणले त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले काम र अधिकारको वर्गीकरण नहुँदासमेत प्रदेश सरकारले सोचेअनुसार विकास निर्माणको काम गर्न नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले मुलुकको विकास र समृद्धिका लागि तीन तहका सरकारबीचमा समन्वय, सहकार्य र एकता अपरिहार्य आवश्यकता भएको बताउँदै विगतका र वर्तमानका काम गराइमा तात्विक भिन्नता नआएकाले अहिले पनि जनताका धेरै फाइल कार्यान्वयन नभएर टेबलमै थन्किएर बस्ने गरेको धारणा व्यक्त गरे ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राज्यका तीनै तहका सरकार एकापसमा स्वायत्त भए पनि विकास निर्माणलगायत आयोेजनामा समन्वय गरेर काम गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ४१ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय