वार्ताबाट समाधान खोज्न कांग्रेस सहमहामन्त्री महतको आग्रह « Khabarhub

वार्ताबाट समाधान खोज्न कांग्रेस सहमहामन्त्री महतको आग्रह


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धका विषयमा वार्ताबाट समाधान खोज्नुपर्ने तर्क गरेका छन् ।

खबरहबसँग कुरा गर्दै नेता महतले भने, ‘सरकारले कुनै राजनीतिक दललाई प्रतिबन्ध लगाउनु गलत हो, वार्ताबाट समाधान खोज्नुपर्थ्यो ।’ सरकार एक वर्षसम्म आँखा चिम्लेर बस्स्यो उनले भने, ‘प्रतिबन्ध लगाउँदैमा आफै समाप्त हुने होइन, शान्ति सुरक्षा कायम गर्न यस्तो गरिएको हो भने पूर्व जानकारी हुनुपर्थ्यो ।’

उनले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदैमा त्यस्ता गतिविधिहरु पूर्णरुपमा समाप्त हुन नसक्ने तर्क गर्दै हिंसालाई छुट दिन नहुने बताए । आफूहरु पनि हिंसाको विरोधमा रहेको जनाउँदै शान्ति सुरक्षा र अमन चयन नै जनताको पहिलो प्राथमिकता हुने तर्क गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ५ : ०८ बजे

समावेशी शासन व्यवस्थाको रूपान्तरणलाई अगाडि बढाउनु पर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता

आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत

यू-१९ नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं – एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा