साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार « Khabarhub

साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्‍यो ।

बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित गर्‍यो ।

लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ ।

साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर रु छ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो ।

साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए ।

सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो ।

आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मङ्गलबार नेप्से परिसूचक ७.४८ अङ्कले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर रु एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरिदबिक्री भए ।

माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा कारोवार भयो ।

साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो । बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो ।

यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ४ : ४० बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी