विद्युतीय उपकरणमा धेरै रमाउने बालबालिकामा हुनसक्छ यी रोगको खतरा ! « Khabarhub

विद्युतीय उपकरणमा धेरै रमाउने बालबालिकामा हुनसक्छ यी रोगको खतरा !


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अधिकांश बालबालिकाहरु मोवाइल, ल्यापटप, कम्प्युटर वा ट्याबमा रमाउने गर्दछन् ।

भिडियो हेर्न, गेम खेल्न वा सामाजिक सञ्जालको सहज पहुँचका कारण विद्युतिय उपकरणमा बालबालिकाको मोह बढ्दो छ ।

यसरी मोबाइल लगायतका स्मार्ट उपकरणको अत्यधिक प्रयोग गर्दा बालबालिकाको मस्तिष्कमा असर पर्ने चिकित्सकहरु बताउछन् । यस्ता उपकरणका प्रयोगका कारण बाल मस्तिष्कको बाहिरी पत्र चाँडै पातलिने गर्दछ ।

विद्युतीय स्मार्ट उपकरण नचलाउने बालबालिका तुलनामा चलाउनेहरुमा भाषा र तार्किकता क्षमता कम हुने पाइएको छ ।

दैनिक दुई घण्टाभन्दा बढी समय विद्युतीय उपकरणमा समय व्यतित गर्ने बालबालिकामा विभिन्न रोगहरुको खतरा रहने चिकित्सकहरु बताउँछन् ।

मुख्यतः २ वर्ष भन्दा कम उमेरका बालबालिकाले नियमित स्क्रीनको प्रयोग गरे कालान्तरमा मष्तिकसहित आँखा, बोली र तार्किक क्षमता कम हुने गर्दछ । त्यस्तै दैनिक ३ घण्टा भन्दा बढी समय स्क्रिन हेर्ने बालबालिकामा शाररिक निष्क्रियता पनि हुन सक्छ ।

यस्तोमा उनीहरूको शारीरीक वजनमा वृद्धि भई मोटोपनको शिकार समेत हुनुपर्छ । सानै उमेरमा मोटोपनको शिकार हुने बच्चालाई मधुमेहको खतरा अत्याधिक रहने गर्दछ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : २५ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर