यस्तो पो न्याय ! « Khabarhub

यस्तो पो न्याय !


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक महाराज रणजीत सिंह हात्तीमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यावलोकन गरी बाटामा जाँदै थिए । उनी जाँदै गरेको बाटोको एक ठाउँमा केही केटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरू जोड–जोडले ढुंगाले हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए ।

संयोगले उनीहरूले हानेको एउटा स–सानो ढुंगाले महाराज रणजित सिंहलाई लाग्यो । ढुंगा धेरै ठूलो नभएकाले उनलाई चोट भने लागेन । महाराजलाई ढुंगाले लाग्नासाथ उनको सुरक्षामा खटिएका सिपाहीले ती केटाहरूलाई समातेर महाराज रणजित सिंहका अगाडि पेस गरे ।

महाराज रणजित सिंहले यस विषयमा आफ्ना मन्त्रीको राय जान्न चाहे । मन्त्रीले भने, ‘महाराज, यसरी बाटामा बसेर जथाभावी ढुंगा प्रहार गर्ने दुष्ट केटाहरूलाई कठोर दण्ड दिनुपर्छ । यिनले यसरी रूखमा ढुंगा प्रहार गर्दा अरूलाई नै लाग्न पनि सक्थ्यो, उनीहरू घाइते पनि हुन सक्थे । अहिले महाराज स्वयं पनि झन्डै घाइते हुनुभएको थियो ।’

मन्त्रीसँग सल्लाह लिइसकेपछि महाराजले सोधे, ‘यी केटाहरू के गरिरहेका थिए ?’ ‘सरकार, यिनीहरू रूखमा ढुंगा हानिरहेका थिए,’ सिपाहीले जवाफ दिए । महाराजले फेरि सोधे, ‘रूखमा ढुंगा हानिरहेका थिए रे ! किन ? केका लागि ?’ सिपाहीले फेरि जवाफ दिए, ‘सरकार, यिनीहरू पाकेको बेल झार्न त्यसरी ढुंगा प्रहार गरिरहेका थिए ।’

सिपाहीको कुरा सुनिसकेपछि केही क्षण चुप लागेर महाराज रणजित सिंहले भने, ‘रूखले ढुंगाको चोट खाएर पनि मीठो फल दिन्छ भने म यी कलिला केटाहरूलाई कसरी दण्ड दिऊँ । म मानिस भएर पनि त्यो रूखजति उदार हुन सक्दिनँ र ? यी सीधासाधा बच्चालाई छोडिदेऊ र यिनीहरूलाई पेटभरि फलफूल खुवाऊ । किनकि, यी बिचरा त्यही फल खाना ढुंगा हानिरहेका थिए ।’ महाराज रणजित सिंहको आज्ञाको पालना तुरुन्तै गरियो । पेटभरि फल खान पाएपछि केटाहरू दंग पर्दै आ–आफ्ना घरतिर गए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ५७ बजे

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल

चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको