सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी | Khabarhub Khabarhub

सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर भइ काठमाडौंको टोखा–८ बस्ने २३ वर्षीय दीपक पुन छन् ।

बिशालले आफ्ना साथी दीपकको मद्दतमा शनिबार राति आफू कार्यरत गोंगबुस्थित बिग मार्टको सेफ तोडेर ५ लाख ३१ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

‘सीसीटीभी क्यामेरामा टेप टाँसेर पसलको सेफ तोडेर नगद र रिजार्च कार्ड गरी ५ लाख ३१ हजार १ सय रुपैयाँ बराबरको लुटपाट गरेको देखिएको छ,’ महानगरीय प्रहरी प्रभाग गोंगबु (नयाँ बसपार्क)का प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार दाहालले खबरहबसँग भने ।

इन्सपेक्टर दाहालका अनुसार उनीहरुले ५ लाख ७ हजार रुपैयाँ नगद र २४ हजार १ सय रुपैयाँ बराबरको रिजार्ज कार्ड चोरी गरेका थिए ।

‘शनिबार राति लुटपाट भएको देखिन्छ । आइतबार बिहान पसल खोल्दा सेफ तोडिएको देखेपछि त्यहाँका कर्मचारीहरुले हामीलाई खबर गरेका थिए,’ इन्सपेक्टर दाहालले भने, ‘बिग मार्टमै कार्यरत विशाल तामाङ पछिसम्म पसलमा बसेको देखिएकाले हामीले उनकै कोठामा गएर खोजी ग¥यो । कोठामा खानतलासी गर्दा लुटिएको रकम फेला परेको छ ।’

इन्सपेक्टर दाहालले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३४ बजे

जब झलनाथले बोल्दा बोल्दै माइक काटियो…

काठमाडौं- सम्मानित नेता झलनाथ खनालसहितको विरोध र फरक मतका कारण

एकीकृत समाजवादीमा माओवादीसँग एकताको जिम्मा सचिवालयलाई

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा मा‌ओवादी केन्द्रसँग एकताको निर्णय

बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ

काठमाडौं– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन

९० प्रतिशत केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राख्नुभएको छ, हामी रोकिँदैनौँ : राजेन्द्र राई

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री

‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध तत्कालीन