गायिका ज्ञानु राणा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान « Khabarhub

गायिका ज्ञानु राणा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ गायिका ज्ञानु राणालाई २३ औं ‘हिट्स म्युजिक अवार्ड–२०७६’मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ ।

नेपाली संगीतको क्षेत्रमा ५ दशक लामो योगदान दिएकी राणालाई सो सम्मान प्रदान गरिएको हो ।

विभिन्न १६ विधामा कलाकार तथा उनका श्रृजना अवार्ड पाएको समारोहमा गायक सविन राईको धन्यवाद र दुर्गा परियारको बनफुल गीतले तीन–तीनओटा अवार्ड हात पारे ।

राईले धन्यवाद गीतबाट उत्कृष्ट समूह गाउन, उत्कृष्ट रक गायन र उत्कृष्ट पप एवं रक संगीत सिर्जनाको अवार्ड हात परे । यस्तै बनफुलबाट गायिका दुर्गा परियारले आधुनिक गायिका, सुरेश अधिकारीले आधुनिक संगीत र फणिन्द्र राइले उत्कृष्ट संगीत संयोजन अवार्ड हात परे ।

कार्यक्रममा गायक दीपक श्रेष्ठ, वर्तिका एम राई, दीपक बज्राचार्य, सुनिता कार्की, बिक्रम बराल, महेश काफ्ले, मेलिना राई, शिव परियार, राजनराज शिवाकोटी, आस्था तामाङ मास्के, कुलेन्द्र विक, विष्णु माझी लगायतले अवार्ड पाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : १४ बजे

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर