गायिका ज्ञानु राणा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान « Khabarhub

गायिका ज्ञानु राणा ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ गायिका ज्ञानु राणालाई २३ औं ‘हिट्स म्युजिक अवार्ड–२०७६’मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ ।

नेपाली संगीतको क्षेत्रमा ५ दशक लामो योगदान दिएकी राणालाई सो सम्मान प्रदान गरिएको हो ।

विभिन्न १६ विधामा कलाकार तथा उनका श्रृजना अवार्ड पाएको समारोहमा गायक सविन राईको धन्यवाद र दुर्गा परियारको बनफुल गीतले तीन–तीनओटा अवार्ड हात पारे ।

राईले धन्यवाद गीतबाट उत्कृष्ट समूह गाउन, उत्कृष्ट रक गायन र उत्कृष्ट पप एवं रक संगीत सिर्जनाको अवार्ड हात परे । यस्तै बनफुलबाट गायिका दुर्गा परियारले आधुनिक गायिका, सुरेश अधिकारीले आधुनिक संगीत र फणिन्द्र राइले उत्कृष्ट संगीत संयोजन अवार्ड हात परे ।

कार्यक्रममा गायक दीपक श्रेष्ठ, वर्तिका एम राई, दीपक बज्राचार्य, सुनिता कार्की, बिक्रम बराल, महेश काफ्ले, मेलिना राई, शिव परियार, राजनराज शिवाकोटी, आस्था तामाङ मास्के, कुलेन्द्र विक, विष्णु माझी लगायतले अवार्ड पाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : १४ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको