उपसभामुखले राजीनामा नदिएपछि बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता « Khabarhub

उपसभामुखले राजीनामा नदिएपछि बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् ।

सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानै बालुवाटार पुगेका हुन् ।

नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सभामुख चयनको प्रकृया अघि बढाउने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर उपसभामुख शिवमायाले आफूले राजीनामा नगर्ने पूरानै अडान दोहोराएका थिइन् ।

‘राजीनामा गर्नुपर्ने कारण लिखित रुपमा दिनुपर्ने’ माग उनले अध्यक्षसँग गरेकी थिइन् ।  तर उनले सोमबार(आज) विहानसम्ममा राजीनामा गर्ने अनुमान पार्टी अध्यक्षहरुले गरेका थिए ।

सोमबार(आज) विहान सम्म पनि उपसभामुख शिवमायाको राजीनामा नआएपछि पार्टीका दुई अध्यक्षहरु छलफलमा जुटेका छन् ।

पहिलो चरणमा दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर पुन छलफल गर्ने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दियो ।

उनले राजीनामा नगरेको खण्डमा नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने र सभामुख पद नै गुम्ने खतरा रहने अवस्था बन्ने छ । जसका कारण उपसभामुख तुम्बाहाङ्फेलाई मनाएर आजका लागि बोलाइएको संसद बैठक अगावै राजीनामा गर्न लगाउने विषयमा ओली प्रचण्डबीच छलफल भइरहेको हो ।

‘यदी उहाँले राजीनामा गर्नुभएन भने के गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ’ बालुवाटार श्रोतले भन्यो ।

यदी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्न मानिनन् भने समानुपातिक सांसदबाट फिर्ता बोलाउनेसम्मको निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १० : ०५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट