लक्का जवान: गीत त चलेन, फिल्म चल्ला ? | Khabarhub Khabarhub

लक्का जवान: गीत त चलेन, फिल्म चल्ला ?


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघे संक्रान्तिको अवसर पारेर रिलिज गरिएको फिल्म ‘लक्का जवान’ को शीर्ष गीत दर्शकले खासै रुचाएनन् । ‘मन त सधै लक्का जवान’ बोलको गीतको भिडियोमा चर्चित कलाकारको अभिनय थियो ।

भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा राउत, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सरोज खनाल लगायत दर्जनौं कलाकारको अभिनय छ । यद्यपि फिल्मको गीतलाई दर्शकले रुचाएनन् ।

भिडियो शेयरिङ साइट युट्युबमा शेयर गरिएको गीत पनि धेरैले हेरेनन् । तन बूढो भए पनि मन बूढो नहुने भावको यो गीतलाई दर्शकले नपत्याउँदा फिल्मले दर्शक पाउला या नपाउला भन्ने प्रश्न उठेको छ ।

त्यसो त फिल्ममा समावेश गीत हिट हुँदैमा फिल्म हिट हुने या नहुने भन्ने छैन । तर, यसअघि कैयन् फिल्महरु गीतकै कारणले चलेका पनि छन् । कमेडी कलाकारको जम्बो टोली भएका कारणले पनि ‘लक्का जवान’ को गीत ठूलो दर्शक समूहमाझ पुग्ने अनुमान गरिएको थियो । तर गीतले सोचेजस्तो प्रतिक्रिया पाउन सकेन ।

शिवहरि पौडेलले निर्देशन गरेको यो फिल्ममा उनै कथा, पटकथा र संवाद छ । लामो समय टेलिश्रङ्खला जिरे खुर्सानी निर्देशन गरेका कारण पनि शिवहरिको निर्देशनप्रति दर्शकको अपेक्षा छ ।

फिल्ममा शीर्ष भूमिकामा सलोन बस्नेत, वर्षा शिवाकोटी लगायत छन् । फिल्ममा धेरैजसो टेलिभिजनका कलाकारको अभिनय देख्न सकिनेछ ।

रिलिजअघि फिल्मको खासै चर्चा छैन । अन्सुया श्रेष्ठले वन्तले निर्माण गरेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ भने मित्र डी गुरुङको सम्पादन छ ।

फिल्मले चैत्र २१ लाई आफ्नो रिलिज मिति तोकेको छ ।

हालै रिलिज गरिएको गीतलाई दर्शकले साथ नदिए पनि फिल्मले दर्शक पाउला या नपाउला त्यो त फिल्मले सार्वजनिक गर्ने अन्य गीत र ट्रेलरबाट नै दर्शकले अनुमान लगाउन सक्नेछन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : २० बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो