लक्का जवान: गीत त चलेन, फिल्म चल्ला ? « Khabarhub

लक्का जवान: गीत त चलेन, फिल्म चल्ला ?


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघे संक्रान्तिको अवसर पारेर रिलिज गरिएको फिल्म ‘लक्का जवान’ को शीर्ष गीत दर्शकले खासै रुचाएनन् । ‘मन त सधै लक्का जवान’ बोलको गीतको भिडियोमा चर्चित कलाकारको अभिनय थियो ।

भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा राउत, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सरोज खनाल लगायत दर्जनौं कलाकारको अभिनय छ । यद्यपि फिल्मको गीतलाई दर्शकले रुचाएनन् ।

भिडियो शेयरिङ साइट युट्युबमा शेयर गरिएको गीत पनि धेरैले हेरेनन् । तन बूढो भए पनि मन बूढो नहुने भावको यो गीतलाई दर्शकले नपत्याउँदा फिल्मले दर्शक पाउला या नपाउला भन्ने प्रश्न उठेको छ ।

त्यसो त फिल्ममा समावेश गीत हिट हुँदैमा फिल्म हिट हुने या नहुने भन्ने छैन । तर, यसअघि कैयन् फिल्महरु गीतकै कारणले चलेका पनि छन् । कमेडी कलाकारको जम्बो टोली भएका कारणले पनि ‘लक्का जवान’ को गीत ठूलो दर्शक समूहमाझ पुग्ने अनुमान गरिएको थियो । तर गीतले सोचेजस्तो प्रतिक्रिया पाउन सकेन ।

शिवहरि पौडेलले निर्देशन गरेको यो फिल्ममा उनै कथा, पटकथा र संवाद छ । लामो समय टेलिश्रङ्खला जिरे खुर्सानी निर्देशन गरेका कारण पनि शिवहरिको निर्देशनप्रति दर्शकको अपेक्षा छ ।

फिल्ममा शीर्ष भूमिकामा सलोन बस्नेत, वर्षा शिवाकोटी लगायत छन् । फिल्ममा धेरैजसो टेलिभिजनका कलाकारको अभिनय देख्न सकिनेछ ।

रिलिजअघि फिल्मको खासै चर्चा छैन । अन्सुया श्रेष्ठले वन्तले निर्माण गरेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ भने मित्र डी गुरुङको सम्पादन छ ।

फिल्मले चैत्र २१ लाई आफ्नो रिलिज मिति तोकेको छ ।

हालै रिलिज गरिएको गीतलाई दर्शकले साथ नदिए पनि फिल्मले दर्शक पाउला या नपाउला त्यो त फिल्मले सार्वजनिक गर्ने अन्य गीत र ट्रेलरबाट नै दर्शकले अनुमान लगाउन सक्नेछन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ११ : २० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।