४० वर्षीया महिलामाथि अहेबले गरे बलात्कार, न्याय माग्न जिल्ला धाउँदै श्रीमान् « Khabarhub

४० वर्षीया महिलामाथि अहेबले गरे बलात्कार, न्याय माग्न जिल्ला धाउँदै श्रीमान्


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चालीस वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा नवलपुरको बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो,’ नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, ‘जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ ।” “घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको छ । पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ ।’

पीडित महिलाका श्रीमान्‌ले पीडक अहेबलाई पक्राउ नगर्दा आफूहरुमाथि दबाब र धम्की आइरहेको गुनासो गरे । जति सक्यो छिटो प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताउँदै पीडित महिलाका श्रीमान्‌ले भने, ‘श्रीमतीलाई एक्लै पारेर जबर्जस्ती गर्नेलाई कारवाही हुनैपर्छ । मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु, तँलाई पैसा दिन्छु भनेर आएका छन्, अन्यायमा परेकाले न्याय पाइदैन ? दोषीलाई कडाभन्दा कडा कानूनी कारवाही हुनुपर्छ ।’

गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । पीडकलाई कानूनी रुपमा कारवाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : ४६ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा