सभामुख निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा बैठक स्थगित « Khabarhub

सभामुख निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा बैठक स्थगित


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक सभामुखको निर्वाचत मिति तय गर्दै स्थगित भएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो ।

बैठकको अध्यक्षता गरेका ठाकुरले शुरुमा उपसभामुख शिबमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

त्यसपछि उनले माघ १२ गते सभामुख पदको निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गर्न संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलाई निर्देशन दिए ।

बैठकको अध्यक्षता गरेका ठाकुरले प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते दिनको ३ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : १८ बजे

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा