पशुपतिनाथ मन्दिर क्षेत्रका पसल तथा टहरा हटाउन कोषले दियो पुनः निर्देशन « Khabarhub

पशुपतिनाथ मन्दिर क्षेत्रका पसल तथा टहरा हटाउन कोषले दियो पुनः निर्देशन


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्र बनाइएका अव्यवस्थित टहरा तथा फूल–मालाका पसलहरु हटाउन पुनः निर्देशन दिएको छ ।

कोषले मापदण्ड विपरित सडकमा हिड्नै असर पर्नेगरी राखिएका टहरा हटाउन दोस्रो पटक निर्देशन दिएको हो ।

कोषका सदस्य सचिव प्रदीप ढकालले खबरहबसँग कुरा गर्दै भने, ‘कोषले एकसाताभित्र हटाउन लागि माघ १ गते सूचना प्रकाशन गरेको थियो । यो अवधिसम्म पनि खाली नभएपछि पुनः आज अर्को सूचना जारी गरेको हो ।’

ढकालकाअनुसार सडक व्यवस्थापनका लागि हटाउनुपर्ने टहराहरु २ सयको हाराहारीमा रहेका छन् । कोषको निर्देशन पछि केही व्यापारीहरुले सामान सार्न थालेको उनले जानकारी दिए ।

यहाँबाट हटाइएकाहरुलाई प्राथमिकताका आधारमा वनकालीमा राखिने उनले जानकारी दिए । कोषले ७० वटासम्म पसल राख्न मिल्ने गरी वनगणेशमा (वनकाली)मा व्यवस्था गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ५३ बजे

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल