काठमाडौं – फिल्म ‘दि कर्मा’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । फिल्मले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको हो ।
आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन् । फिल्म माघ १७ गतेदेखि प्रदर्शन हुँदैछ ।
बोर्डले फिल्मको एक एक्सन दृश्यमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भनिएको यो फिल्मलाई देव कुमार श्रेष्ठ निर्देशन गरेका हुन् ।
रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो भने कथा निर्माता रायको हो ।
चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया