कुष्ठरोग निवारण अभियानमा बेल्जियमकी राजकुमारीको साथ « Khabarhub

कुष्ठरोग निवारण अभियानमा बेल्जियमकी राजकुमारीको साथ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिएकी छिन् ।

एक साताका लागि नेपाल आएकी राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले गरेको कुष्ठरोग बारेको सेमिनारमा सहभागी भएकी हुन् ।

विश्व कुष्ठरोग दिवसको उपलक्षमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी शावित्रि श्रेष्ठ र छयरोगको समस्याको उपचाररत धनुसाका चन्द्रप्रकाश यादवले आफ्नो कथा व्यथा सुनाएका थिए । उक्त प्रस्तुतीलाई बेल्जियमकी राजकुमारीले चासोपूर्वक लिइन् ।

प्रोफेसर मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले फाउण्डेशनले कुष्ठरोग र छयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारको लागि पहलकदमी गर्दै आएको जानकारी दिए ।

पाँच प्रदेशका १६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । आगामी जनवरी ३० गते विश्व कुष्ठरोग दिवस मनाइँदैछ ।

विश्वमा हरेक दिन ६०० कुष्ठ रोगी पत्ता लागेको बताइन्छ । आधुनिक चिकित्सा विज्ञानले कुष्ठरोगीको उपचार गर्न सकिन्छ तर अझै पनि कुष्ठरोगी भएका समाजमा अपहेलित हुने गरेका छन् ।

नेपाललाई सन् २०२० सम्म पूर्ण रुपले कुष्ठ रोग निवारण देश बनाउने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : ०० बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्