विप्लवमाथिको प्रतिबन्धले तरंग, नेकपाभित्रै असन्तुष्टि « Khabarhub

विप्लवमाथिको प्रतिबन्धले तरंग, नेकपाभित्रै असन्तुष्टि


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिहीबार प्रकाशित सबै दैनिक पत्रिकाले सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध र यसले निम्त्याउने असहजताका विषयलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले ‘प्रतिबन्धले तरंग, नेकपाभित्रै असन्तुष्टि’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

विप्लव समूहको क्रियाकलापलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयले सत्तारुढ दल नेकपाभित्रै असन्तुष्टि बढाएको छ । पार्टीका मुख्य नेताहरुले छलफल नै नगरी निर्णय लिएको भन्दै यो सरकारी निर्णयको स्वामित्व लिने विषयमा समस्या हुने टिप्पणी गर्न थालेका छन् । सरकारको निर्णयपछि नेकपाको सचिवालय सदस्यहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेका थिए ।

सत्तारुढ दलमा यो निर्णयबारे दुई प्रकारका धारणा आइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो निर्णयको स्वागत गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले जताततै बम विस्फोट गराएर सर्वसाधारणमा आतंक मच्चाउनेलाई कारबाही गरिनुपर्ने भन्दै सरकारको निर्णय ठीक भएको बताएका छन् । तर, नेत्रविक्रम चन्द विप्लवले भने सत्तासामू एकरत्ति नझुक्ने दाबी गरेका छन् । उनले दमन गरे मुखतोड प्रतिरोड गर्ने चेतावनी पनि दिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै जनअभिमतको व्याख्या गर्न सरकारसँग माग गरेको, नेपालमा लगानीको वातावरण बनाउने नाममा बनाइएका संयन्त्रले झन झमेला थप्दै गरेको खबर प्राथमिकतामा छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका