‘सेल्फी किङ’मा बाबु-छोराको सम्बन्धको कथा « Khabarhub

‘सेल्फी किङ’मा बाबु-छोराको सम्बन्धको कथा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ’ मा विपिन कार्कीको शीर्ष भूमिका छ । निर्माण टिमले फिल्मको टिजर, गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको छ ।

फिल्मको फस्ट लूक सार्वजनिकपछि नै चर्चामा रहेको यो फिल्मलाई एक हास्यकलाकारको जीवनमा आइपरेको उतारचढावको कथा भनिएको छ ।

फिल्मका निर्माता दिनेश राउतले भने यो फिल्म एक कलाकारको जीवनमा आइपर्ने कथा मात्रै नभएर बाबु–छोराको सम्बन्धको कथामा आधारित फिल्म भएको खुलाएका छन् ।

खबरहबसँगको कुराकानीमा राउतले भने, ‘हामीले अहिलेसम्म बाहिर नल्याएको कुरा के हो भने यो फिल्मको मुख्य कथा बाबुछोराको सम्बन्धमा आधारित छ ।’

निर्देशक विशाल सापकोटाका अनुसार फिल्मको कथा एक वास्तविक कलाकारको जीवनमा आधारित छ । तर, कसको कथा हो भन्ने खुलाउँदा फिल्मको मुख्य प्लट नै आउट हुने डरले उक्त कुरा निर्माण टिमले बाहिर ल्याएको छैन ।

निर्माता राउतले भावनात्मक रुपमा फिल्मले दर्शकलाई बाँध्ने बताए । उनले भने, ‘यो फिल्मको कथा सुनेपछि नै म आफैले लगानी गर्न तयार भएँ, निर्देशकले कथा सुनाउँदा नै फिल्म मन परेको हो ।’

‘सेल्फी किङ’ मा विपिन कार्कीले शीर्ष भूमिका निभाएका छन् । फिल्ममा लेखन तथा निर्देशन विशाल सापकोटाको छ । यस्तै फिल्ममा लक्ष्मी बर्देवा, अभय बराल, कमलमणि नेपाल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : ४० बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको