ग्रीसमा पहिलो महिला राष्ट्रपति | Khabarhub Khabarhub

ग्रीसमा पहिलो महिला राष्ट्रपति


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स – वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बन्ने भएकी छिन् ।

राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी छिन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ ।

“ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन् ।

चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुनुहुन्छ ।

सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कानूनमा विशेषज्ञ हुन् ।

हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति छन्, र उहाँको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ ।

ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नेछिन् । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उनको जित सुनिश्चित भएको हो । संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ ।

मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक “असाधारण न्यायाधीश“ र मानव अधिकारको पक्षधर रहेको बताए । समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ ।

प्रधानमन्त्री मिट्सोटाकिसले यस पटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बनेकोले विगतको लामो परम्परा तोडिएको बताए । विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ५९ बजे

काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा

युक्रेनलाई टोमहाक मिसाइल नपठाउने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति

सिंहदरबार र सर्वोच्चको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको दाबी

काठमाडौं – काठमाडौं महानगरपालिकाले भदौ २३ र २४ गते भएको

झापाबाट पटकासहित एक जना पक्राउ

झापा– अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजार बस्ने रमेश खनाललाई करिब ३ लाख रुपैयाँ

प्रहरीलाई समयानुकूल परिष्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिष्कृत गर्दै लैजानुपर्ने