अस्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटना, डढेलो फैलिए पछि विमानस्थल बन्द | Khabarhub Khabarhub

अस्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटना, डढेलो फैलिए पछि विमानस्थल बन्द


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियामा डढेलो नियन्त्रणका लागि उडेको एउटा विमानस्थ दुर्घटनामा परेको छ ।

राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको जनाइएको छ ।

अधिकारीहरुले आगो निभाउन उडेको विमान (एयर वाटर ट्याङ्कर) दुर्घटना परेको पुष्टि गरेका छन् ।

दुर्घटनामा परेको विमानको खोजीका लागि केही हेलिकोप्टरहरु परिचालन गरिएको जनाइएको छ ।

बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा फेरि डढेलो फैलिएको छ ।

राजधानी क्यानबेरासँगै न्यू साउथ वेल्स राज्यमा पुनः डढेलो फैलिने क्रम बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

राजधानी नजिकै ढडेलो फैलिन थालेपछि अस्ट्रेलियाको क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरिएको छ । आगो फैलिएर विमानस्थल नजिकै आएपछि सबै उडानहरु रद्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको सेप्टेम्बर महिनाबाट शुरु भएको डढेलोका कारण अस्ट्रेलियामा अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् ।

१ करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरकेो छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ११ : ३९ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन