राष्ट्रियसभा चुनावः प्रदेश २ को परिणाम, को को विजयी भए ? « Khabarhub

राष्ट्रियसभा चुनावः प्रदेश २ को परिणाम, को को विजयी भए ?


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश २ को सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अल्पसंख्यकतर्फ राजपाका शेखरकुमार सिंह विजयी भए । उनले नेपाली कांग्रेसका उमेदवार भोला पञ्‍जियारलाई पराजित गरेका हुन् ।

शेखरकुमारले स्थानीयतर्फ स्थानीतर्फ १५१ मत प्रदेशतर्फ ५८ मत गरी कुल ५५०२ मतभार प्राप्त गरेका हुन् ।

प्रदेश २ कै अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित भए । राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।

मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

नेकपा-राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ७ : ३८ बजे

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु

स्वास्थ्य मन्त्रालयमा ५२ करोड ४३ लाख बेरुजु

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड

सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा

काठमाडौं – सरकारी स्वास्थ्य संस्थाहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

काठमाडौं– आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै

पोखरा विश्वविद्यालयको ६२५ रोपनी र अरु विश्वविद्यालयको पनि सयौँ रोपनी जग्गा अतिक्रमणमा

काठमाडौं– पोखरा विश्वविद्यालयको ६२५ रोपनी जग्गा अतिक्रमण भएको छ ।